पोखरामा १८ लाख पुरस्कार राशिको म्याराथन हुने

गण्डकी । कास्कीको पोखरामा आगामी फागुन पहिलो साता १८ लाख ५० हजार पुरस्कार राशिको अन्तर्राष्ट्रिय सफल पोखरा म्याराथन प्रतियोगिता हुने भएको छ । फागुन ५ गते हुने उक्त उक्त प्रतियोगिता नेपाल भूतपूर्व खेलाडी मञ्चले गर्न लागेको हो ।

मञ्चका कोषाध्यक्ष महेश पौडेलका अनुसार पुरुषतर्फ ४२ किलोमिटरको खुला म्याराथन आयोजना गरिने छ । सो स्पर्धाका विजेताले पाँच लाख पुरस्कार प्राप्त गर्ने छन् ।

यस्तै महिलातर्फ २१ किलोमिटरको हाफ म्याराथन, १० किलोमिटर दौड (महिला/पुरुष), विद्यालयका छात्रछात्रा सहभागी हुने पाँच किलोमिटरको दौड, दृष्टिविहीन तथा ह्वीलचियर दौड आयोजना गरिएको कोषाध्यक्ष पौडेलले जानकारी दिए ।

प्रतियोगितामा यस वर्षदेखि ५० वर्षमाथिका महिला/पुरुषलाई समेत लक्षित गरी दौड समावेश गरिएको छ । सन् २०२० मा आयोजना गरिएको पोखरा म्याराथनमा जापानका धावक तथा सन् २०२२ र सन् २०२३ मा केन्याका धावक विजयी भएका थिए । “म्याराथन दौडका लागि वैकल्पिक मार्गबारे अध्ययन भइरहेको छ”, मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले भने ।

“बजारसँगै ग्रामीण क्षेत्रलाई समेत समेटेर म्याराथन दौडको योजना बनाएका छौँ”, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *