नाटक ‘पगला घोडा’को टिजर सार्वजनिक

काठमाडौं । पुस १२ गतेदेखि मण्डला नाटक घरमा मञ्चन हुने नाटक ‘पगला घोडा’को टिजर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलमार्फत नाटकको टिजर गरिएको हो ।

निकै आकर्षक प्रस्तुति रहेको टिजरलाई पिक्सेल स्क्वायरले निर्माण गरेको हो । थिएटर आकारको प्रस्तुति रहेको उक्त नाटक पुस १२ गतेबाट माघ ६ गतेसम्म सोमबार बाहेक हरेक दिन मञ्चन हुने ।

साथै शनिबार भने दुई शो राखिएको छ । भारतीय सुप्रसिद्ध नाटककार बादल सरकारको कथा रहेको यस नाटक नेपाली भाषामा अनुवाद गर्दै मञ्चन गर्न लागिएको हो । नाटकको नेपाली अनुवाद शिव खाँड ठकुरीले गरेका हुन् । उनलाई अनुवादमा आलेख सुपरिवेक्षकको रूपमा कलाकार तथा निर्देशक आशान्त शर्माले सहयोग गरेका छन् ।

नाटकलाई निर्देशक घनश्याम श्रेष्ठले निर्देशन गर्दैछन् । मञ्चमा भने कलाकारहरू प्रमोद अग्रहरी, मलिका महत, आशान्त शर्मा, विजय ताम्राकार, बिम्ब अधिकारी लगायत देखिने छन् । नाटकमा सुष्मा कोइराला सहायक निर्देशक र शंकर भण्डारी स्टेज म्यानेजरको रूपमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *