तालिबानलाई अफगानी महिलालाई गैरसरकारी संस्थामा काम गर्न दिन राष्ट्रसंघको आग्रह

अफगानिस्तानमा मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक रिचर्ड बेनेटले तालिबानलाई गैर–सरकारी संस्थाहरूमा काम गर्ने महिलाहरूमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेका छन् ।

उनले महिला अर्थतन्त्रका लागि महत्वपूर्ण रहेको र अफगान समाजको कल्याण र प्रगतिका लागि उनीहरूको योगदान आवश्यक रहेको भन्दै काम गर्ने कुरामा बन्देज नलगाउन आग्रह गरेका हुन् ।

तालिबानले गैरसरकारी संस्थामा महिलालाई काम गर्न प्रतिबन्ध लगाएको एक वर्ष पुगेको सन्दर्भमा उनका यस्तो टिप्पणी आएको हो ।

गैरसरकारी संस्थाहरूमा काम गर्ने महिलाहरूमाथि तालिबानले गरेको प्रतिबन्धले अफगानिस्तानमा महिलाहरूले सामना गरिरहेको निरन्तर प्रतिबन्धलाई उजागर गरेको पनि खामा प्रेसले बताएको छ।

सन् २०२२ डिसेम्बर २४ मा तालिबानको अर्थ मन्त्रालयले घरेलु र अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरूलाई अर्को सूचना जारी नभएसम्म महिला कामदारहरूको रोजगारी निलम्बन गर्न आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *