पहिरोमा परी कङ्गोमा कम्तीमा २० जनाको मृत्यु

पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को दक्षिण किभु प्रान्तमा आइतबार भारी वर्षाका कारण आएको पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

स्थानीय नागरिक समाजका संयोजक प्रोमेस्से माजाम्बीका अनुसार म्वेन्गाको इलाकाको कालिङ्गी गाउँमा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

दक्षिण किभु प्रान्तको कालेहे क्षेत्रमा भारी वर्षाका कारण बाढीबाट प्रभावित क्षेत्रमा मानिसका शव फेला परेका थिए। यसैबीच स्थानीय अधिकारीहरूले प्राकृतिक विपत्तिबाट ५ हजार भन्दा बढी व्यक्ति बेपत्ता भएको अनुमान गरेका छन्।
सेप्टेम्बर देखि मे महिना सम्म चल्ने वर्षाको मौसममा कङ्गोमा विनाशकारी बाढी र पहिरोका घटना सामान्य हुने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *