बाघको आक्रमणबाट पर्सामा ३२ वर्षीय युवकको मृत्यु

वीरगञ्ज । बाघको आक्रमणबाट पर्सामा एक युवकको मृत्यु भएको छ । बाघको आक्रमणमा परी पटेर्वा सुगौली गाउँपालिका–२ थरकटीका ३२ वर्षीय मनोज उराँव धाँगडको मृत्यु भएको हो ।

घर नजिकै जङ्गलमा शौच गर्न गएका धाँगड आज बेपत्ता भएका थिए । उनको खोजतलास गर्ने क्रममा शव फेला परेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराज केसरीले जानकारी दिए ।

“धाँगडको टाउको र खुट्टा नभएको अवस्थामा शव फेला परेको छ”, उनले भने । धाँगडको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *