क्यानोइङ टोलीको विदाइ

काठमाडौं । चीनमा हुने नु चियाङ वाइल्डवाटर क्यानोइङ इन्टरनेसल ओपनमा नेपालले सहभागिता जनाउनेभएको छ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले प्रतियागितामा भाग लिने टिमको नेतृत्व गर्ने सूर्यप्रसाद, प्रशिक्षक युवराज अधिकारी र खेलाडीहरु विकास गुरुङ र गणेश गुरुङलाई शुभकामनासहित विदाइ गरे ।

प्रतियोगिता नु चियाङको स्वायत्त प्रान्त युन नानमा आगामी डिसेम्बर २६ देखि जनवरी १ तारिखसम्म हुनेछ । बिदाइ कार्यक्रममा एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ बोस, नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ, महासचिव सुदीप गौतम, कोषाध्यक्ष महैश थापा र एनओसीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *