टिआरसी विधेयकमा सहमति जुटाउन प्रमुख तीन दलका शीर्ष नेता छलफलमा

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पुर्याउन बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेता छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका हुन् ।

त्यस्तै बैठकमा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, कानुनमन्त्री धनराज गुरुङ, माओवादीका उपमहासचिव वर्षमान पुन, एमालेका सचेतक महेश बर्तौलालगायत नेताहरु पनि सहभागी छन् ।

प्रधानमन्त्रीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पुर्याउन आइतबार पनि शीर्ष दलका नेतासँग बालुवाटारम छलफल गरेका थिए । तीन दलका शीर्ष नेताहरुबीच संक्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्ण दिन प्रधानमन्त्री दाहालले पुनः बैठक राखेका हुन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा विचाराधीन छ । उच्च राजनीतिक तहमा सहमति जुटाएर सरकारले हिउँदे अधिवेशनबाट विधेयकलाई टुंग्याउने तयारी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *