सहकारीसँग जोडेर मलाई फसाउन सकिन्छ कि भन्ने योजनामा गृहमन्त्री हुनुहुन्छः सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सुन तस्करीमा संलग्न आफ्ना मानिसलाई जोगाउन तल्लिन रहेको आरोप लगाएका छन् ।

सोमबार नारायणघाट–बुटवल सडक खण्डमा पदयात्रामा निस्कनुअघि आयोजित पत्रकार पत्रकार सम्मेलनमा सभापति लामिछानेल गृहमन्त्री श्रेष्ठ सुन तस्करी संलग्न आफ्ना मान्छे जोगाउन लागिपरेको आरोप लगाएका हुन् । सभापति लामिछानेले आफूले सुन तस्करीबारे भेटेरै प्रमाण देखाउँदा पनि वेवास्ता गरेको बताए ।

उनले भने, ‘अध्यागमनको डिजी झलकराम अधिकारीको संलग्नता देखिएको छ, उहाँले दावा भन्ने मान्छे जो सुन तस्करीको नाइके यो यो सामानमा सुन आयो है भन्दै पठाउनुभएको छ भनेर मैले गृहमन्त्रीलाई प्रमाण देखाएँ तर उहाँले मन्त्रालय तान्नुभयो । सामसुम पार्नुभयो । किनकी अधिकारी उहाँकै मान्छे । राजश्व अनुसन्धानले राम्रो काम गरिरहेको थियो । तर हुन्न यो त प्रहरीले गर्नुपर्छ भनेर प्रहरीतिर ल्याउनुभयो । उहाँले आफ्नो मान्छे जोगाउनुथियो जोगाउनुभयो ।’

सभापति लामिछानेले आफू सरकारमा जाने र गृहमन्त्री खाने पक्षमा पनि नरहेको बताए । उनले भने, ‘ म त्यो रेसमा पनि छैन। यो गठबन्धनको रेसमा पनि छैन। मलाई त्यसमा कुनै चासो छैन। गृहमन्त्रीज्यू, तपाईं सम्हाल्नुहोस्। अहिले मात्र होइन बाँचुञ्जेल गृहमन्त्री खानुस्। भलै चुनाव लडे पनि जित्नुपरेन। सबैभन्दा बढी मत ल्याएको सांसद म भन्न चाहन्छु–जोगाउनुहोला आफ्ना मानिसलाई ।’

त्यस्तै उनले आफूलाई पोखरामा खोया हानेको घटनालाई लिएर गृह प्रशासनले कुनै चासो नदिएको भन्दै आपत्ति जनाए । उनले भने,‘पूर्वगृहमन्त्रीलाई आक्रमण भयो तर कसैले चासो राखेन । अझ गृह प्रशासनबाट कसैले फोन समेत गरेन । त्यसैले यो पूर्वयोजनाका साथ आक्रमण भएको भन्ने मलाई लागेको छ ।’

उनले आफूलाई अहिले सहकारीसँग जोडेर फसाउन सकिन्छ कि भनेर गृहमन्त्री लागेको आरोप लगाए । उनले भने, ‘म पीडितहरूको पक्षमा छु । सुनियोजित रुपमा गरिएको चीज हो । जसले लेखेको छ त्यो उहाँ (उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ)को भातृ संगठनको सदस्य हो । उहाँलाई जीबी राईप्रति कुनै चासो होइन, मात्र जीबीलाई समातेपछि मेरो पनि केही भेटिहालिन्छ कि भनेर लागिराख्नु भएको छ । मेरो पछि लाग्दा हजारौं बचतकर्ता जो छन् । उनीहरूको भविष्य अँध्यारो भएको छ ।’

आफू पीडित भएको हुनसक्ने भन्दै सभापति लामिछानेले सत्यतथ्य बुझेर समाचार बनाउन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *