विपी राजमार्गमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

सिन्धुली । विपी राजमार्गअन्तर्गत सिन्धुलीको बोहोरेटारमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । वीपी राजमार्गअन्तरगत सिन्धुलीको सुनकोसी गाउँपालिका– ३ बोहोरेटारमा सोमबार बिहान बस र मोटरसाइकल ठोक्किदा दुईजनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको हो ।

रामेछापको मन्थलीबाट काठमाडौंतर्फ गइरहेको बा.प्र.०१–००६ ख ४५९३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक र सोही मोटरसाइकलको पछाडि सवार दिक्तेल नगरपालिका– १० खोटाङका १८ वर्षीय मुनाकला राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिएका छन् । मोटरसाइकल चालकको भने नाम खुलेको छैन ।

दुर्घटनापछि बसका चालक मन्थली नगरपालिका १३ रामेछापका २४ वर्षीय रुपेश अधिकारी र बसलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय खुर्कोटमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *