पूर्वी नवलपरासीको जंगलमा सासूबुहारी मृत फेला, बाघले आक्रमण गरेको आशंका

नवलपुर । जंगली जनावरको आक्रमणबाट पूर्वी नवलपरासीमा सासूबुहारीको मृत्यु भएको छ । जिल्लाको विनयीत्रिवेणी गाउँपालिका–१ को विनय सामुदायिक वनमा आइतबार दिउँसो घाँस काट्न गएका ६० वर्षीया मनादेवी पौडेल र २८ वर्षीया विष्णु पौडेल मृत फेला परेका हुन् ।

आइतबार दिउँसो दुई जना महिला जंगलमा घाँस काट्न गएको र राति अबेरसम्म नफर्किएको सूचनाको आधारमा खोजतलास गर्दा आइतबार राति दुई महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

कम्बरमा चोट लागेको र घटनाको प्रकृति हेर्दा जंगली जनावरले आक्रमण गरेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । पोष्टमार्टम पछि मात्र मृत्यु के, कसरी भयो भन्ने एकिन हुने प्रहरीले जनाएको छ । स्थानीयले भने बाघको आक्रमणबाट दुवै जनाको मृत्यु भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *