अफगानिस्तानमा एकवर्षमा दुईसय जातीय द्वन्द्वका घटना समाधान

अफगानिस्तानमा लामो समयदेखि चलिरहेका करिब दुईसय जातीय द्वन्द्व एक वर्षभित्र समाधान गरिएका छन् ।अफगानिस्तानको कामचलाउ सरकारको सीमा तथा जनजाति मामिला मन्त्रालयले विगत एक वर्षमा झण्डै दुईसय जातीय द्वन्द्व समाधान गरेको दाबी गरेको छ ।

अहिलेसम्म १९७ वटा जातीय द्वन्द्व समाधान भइसकेको छ र थप एकसय भन्दाबढी समाधानको प्रक्रियामा छन् । यी जातीय द्वन्द्वहरू सकेसम्म चाँडो समाधान गर्ने प्रयास गरिरहेको मन्त्रालयका प्रवक्ता हमदुल्लाह फितरातले जनाएका छन् ।

पछिल्लो चरणमा पूर्वी नुरिस्तान प्रान्तमा विगत ४१ वर्ष देखिको द्वन्द्व समाधान गरिएको मन्त्रालयको दाबी छ । थुप्रै जाति, भाषा, धर्म र जनजातिहरूको बसोबास रहेको अफगानिस्तानले चार दशक भन्दा बढी लामो समयदेखि गृहयुद्धको गहिरो पीडा भोगेको छ । गृहयुद्धबाट हजारौ निहत्था जनातले ज्यान गुमाउन विवश भएका छन् भने, ठूलो राशीको क्षति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *