प्राकृतिक विपत्तिबाट प्रभावित तान्जानियामा संयुक्त राष्ट्रसंघको सहयोग

संयुक्त राष्ट्रसंघ (युएन) ले प्राकृतिक विपत्तिमा परेको तान्जेनियासँग सहकार्य गरेको छ । यही डिसेम्बर ३ मा आएको भीषण पहिरो र बाढीका कारण कम्तीमा तानजेनियामा ८९ जनाको ज्यान गएको थियो भने ५ हजार ६०० भन्दा बढी घरबारविहीन भएका थिए ।

संयुक्त राष्ट्रसंघले जारी गरेको विज्ञप्तिमा जनाइए अनुसार यसका एजेन्सीहरूले पीडित राष्ट्र र जनतासँग सहकार्य गर्दै सक्दो सहयोग गरेको छ ।

प्रभावित क्षेत्रमा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति परिचालन गर्न राष्ट्रसंघका निकायहरूले महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्।

प्रभावित क्षेत्रमा सम्भावित रोगको प्रकोपको रोकथाम र खानेपानी, सरसफाइको आवश्यकतामा विशेष ध्यान दिदै विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) र संयुक्त राष्ट्र बालकोष (युनिसेफ) ले सक्रियता देखाएका छन् ।

बाढीपछि सरुवा रोगको खतरासँग लड्न डब्लुएचओद्वारा हैजा र्या पिड टेस्टिङ किटहरू र अत्यावश्यक स्वास्थ्य सामग्रीहरू तथा युनिसेफद्वारा सरसफाइ किटहरू, पानी ट्याङ्की शुद्धीकरण ट्याबहरू लगायतका राहत सामग्रीहरूको द्रुत व्यवस्था गरिएको राष्ट्रसंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *