उत्तरपश्चिम पाकिस्तानमा घरमा आगलागी हुँदा एकैपरिवारका ९ जनाको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तमा आइतबार भएको आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागी एबोटाबाद जिल्लामा भएको हो । आगलागीमा परी एकै परिवारका नौ जना सदस्यहरू जलेका थिए । विद्युतीय चुहावटका कारण कारण आगलागी भएको र त्यहाँका बासिन्दाले नियन्त्रण गर्न नपाउँदै घरभरि आगो फैलिएको प्रहरीले जनाएको छ । शव पोस्टमर्टमका लागि नजिकैको अस्पतालमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *