जहाज खरिद प्रक्रिया त्रुटिरहित बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ जहाज खरिद प्रक्रिया शतप्रतिशत पारदर्शी ढंगले अघि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएका छन् ।

आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त ब्रिफिङका क्रममा प्रधानमन्त्रीले कुनै पनि त्रुटि र विवाद नहुने गरी जहाज खरिद प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् ।

उनले भने, ‘नेपालमा जहाज खरिद प्रकरणमा जहिले पनि प्रश्न उठ्ने गरेको छ। यसपटक यस्तो गल्ती नहोस्। जहाज खरिद प्रक्रिया शतप्रतिशत सही र पारदर्शी हुनुपर्छ ।’

नेपाल वायुसेवा निगमले यसवर्ष आन्तरिक उडानको लागि मात्रै ३ वटा नयाँ जहाज खरिद गर्न लागेको छ । त्यस्तै धारामा पानी नआउने तर बिल भने जनताले तिर्नुपर्ने समस्या अन्त्य गर्न खानेपानी मन्त्रालयलाई पनि दाहालले निर्देशन दिएका छन् ।

उनले भने, ‘धारामा पानी नआउने तर बिल चाहिँ आइरहने समस्या के हो ? यसबाट उपभोक्ताहरू दिक्दार छन्। जहाँको धारामा पानी आउँदैन, त्यो बिल मिनाहा गर्ने व्यवस्था मिलाउनुस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *