सन् २०२३ मा ५० लाखभन्दा बढीलाई डेंगु संक्रमण

विश्व स्वास्थ्य सङ्गठनले डेंगीको खतरालाई लिएर चेतावनी जारी गरेको छ । लामखुट्टेबाट सर्ने यो रोगबाट यस वर्ष ५० लाखभन्दा बढी संक्रमित भएका र ५० हजारभन्दा बढीको ज्यान गएको सङ्गठनले जनाएको छ । जलवायु परिवर्तन पनि आंशिक रूपमा यो महामारी फैलिनुमा दोषी देखिएको छ ।

उच्च वर्षा, आर्द्रता र तापमान वृद्धिले लामखुट्टे फस्टाएको र सङ्क्रमण बढेको बताइएको छ । डब्ल्युएचओले चार अर्ब मानिस डेंगीको जोखिममा भएका र संक्रमितमध्ये पनि धेरैजसो लक्षणविहीन हुने र सामान्यतया एकदेखि दुई हप्ताभित्र निको हुने गरेको पाइएको जनाएको छ ।

डेंगीको कुनै खास उपचार नभएकोले, प्रारम्भिक पहिचान र चिकित्सकको निगरानीले सुधार ल्याउन सकिने बताइएको छ । यसको सङ्क्रमण पछिल्लो समय अत्यन्त तीव्र गतिमा बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *