एकवर्षमा १४ लाख पर्यटकद्वारा श्रीलंका भ्रमण

डिसेम्बरको तेस्रो साताको अन्त्यसम्ममा १४ लाखभन्दा बढी बाह्य पर्यटकले श्रीलङ्का भ्रमण गरेका छन् । श्रीलङ्का पर्यटन विकास प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार शनिबारसम्म १४ लाख ४ हजार ९ सय ९८ पर्यटकहरू श्रीलङ्का प्रवेश गरेका छन् ।

प्रतिवेदन अनुसार डिसेम्बर १ देखि डिसेम्बर २१ सम्म मात्रै श्रीलङ्कामा १ लाख २८ हजार ४७ पर्यटक आएका थिए । भारत, रुस, बेलायत, जर्मनी, अष्ट्रेलिया र चीनबाट अत्यधिक पर्यटकले श्रीलङ्का भ्रमण गरेका छन् ।

पर्यटन श्रीलङ्काको विदेशी मुद्रा आर्जन गर्ने मध्येको एक प्रमुख माध्यम हो। सरकारले आगामी मौसममा पर्यटन प्रवर्धन गर्न चीन, भारत, इन्डोनेसिया, रुस, थाइल्याण्ड, मलेसिया र जापानका नागरिकको भिसा शुल्क मिनाहा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *