नेपाल सुपर लिगको प्लेअफ समीकरण पूरा

काठमाडौं । नेपाल सुपर लिग(एनएसएल) को प्लेअफ समीकरण पूरा भएको छ । शनिबार भएको लिगचरणको अन्तिम खेलमा काठमाडौं रेजर्सले ललितपुर सिटी एफसीलाई १-० गोलले हराएसँगै प्लेअफ समीकरण पूरा भएको हो ।

पोखरा थन्डर्स तालिकाको शीर्ष स्थानमा रहँदै प्लेअफमा पुग्दा धनगढी एफसी दोस्रो स्थानमा रह्यो । यस्तै काठमाडौं तेस्रो र ललितपुर चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका हुन् ।

अब सोमबार हुने पहिलो क्वालिफायर्स  शीर्ष स्थानको पोखरा र दोस्रो स्थानको धनगढी एफसी खेल्नेछन्। विजेता टोली फाइनलमा प्रवेश गर्नेछ ।

एलिमिटेनरमा मंगलबार ललितपुर र काठमाडौं नै आमने सामने हुने छन् । पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेता टोलीले फाइनल प्रवेशका लागि बिहीबार पहिलो क्वालिफायर्समा पराजित हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल शनिबार हुनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *