बुरुन्डी सीमा नजिकै भएको आक्रमणमा २० जनाको मृत्यु

बुरुन्डी–प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) सीमा नजिकै अज्ञात बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा २० व्यक्तिको मृत्यु भएको बुरुन्डी सरकारका प्रवक्ताले बताएका छन् ।

बुरुन्डी सरकारका महासचिव तथा प्रवक्ता जेरोम नियोन्जिमाले सञ्चार माध्यमलाई दिएको जानकारी अनुसार पश्चिम बुरुन्डीको बुजुम्बुरा प्रान्तको मुटिम्बुजी जिल्लाको गाटुम्बामा भएको आक्रमणमा अधिकांश महिला र बालबालिकालाई निशाना बनाइएको छ । घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *