काठमाडौं । साविक विजेता काठमाडौं रेजर्स नेपाल सुपर लिग(एनएसएल)को प्लेअफमा पुगेको छ । शनिबार बेलुकी भएको खेलमा ललितपुर सिटी एफसीलाई १-० गोलले हराउँदै काठमाडौं प्लेअफमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडौंलाई जित दिलाउन एन्ड्रेस नियाले एक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा नियाले गरेको गोलनै काठमाडौंलाई जित दिलाउन निर्णायक बन्यो ।
जितसँगै काठमाडौं ९ खेलबाट १२ अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट १० अंक जोडेको ललितपुर चौथो स्थानमा झरेको छ ।