काठमाडौं । नेपाल सुपर लिग अन्तर्गत भएको आफ्नो अन्तिम खेलमा बुटवल लुम्बिनी एफसी विजयी भएको छ । शनिबार दिउँसो भएको खेलमा वीरगन्ज युनाइटेड एफसीलाई १-० गोलले हराउँदै बुटवलले प्रतियोगितामा सुखद अन्त्य गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चन्दन दासले गरेको गोलनै बुटवलको जितमा निर्णायक बन्यो । बराबरीतर्फ लम्किएको खेलको इन्जुरी समयमा चन्दनले गोल गर्दै बुटवललाई १-० गोलको जित दिलाएका हुन् ।
जितसँगै बुटवल ८ खेलबाट १० अंक जोड्दै पाँचौ स्थानमा रहेर लिगको अन्त्य गरेको छ । समान खेलबाट ८ अंक जोडेको विरगञ्ज आठौँ स्थानमा रह्यो ।