गाजापट्टीमा मानवीय सहायता जारी राख्ने पुटिनको प्रतिबद्धता

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गाजा पट्टीमा मानवीय सहायता प्रदान गर्न जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले इजरायल र हमास बीच जारी लडाइँको शान्तिपूर्ण समाधान गर्न आग्रह समेत गरेका छन् ।

राष्ट्रपति पुटिनले प्यालेस्टाइनका राष्ट्रपति मोहमद अब्बाससँगको टेलिफोन कुराकानीका क्रममा रूसले गाजा पट्टीलाई औषधि र चिकित्सा उपकरणहरू सहित अत्यावश्यक सामानहरू आपूर्ति गर्न जारी राख्ने बताए ।

यसैबीच वार्तालाई लिएर क्रेमलिनले राष्ट्रपति पुटिनले रक्तपातको शीघ्र अन्त्यको आग्रह गर्दै राजनीतिक प्रक्रियाबाट समस्याको समाधान चाहेको उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *