प्रतिस्पर्धी अरब अर्थतन्त्रमा युएई पहिलो स्थानमा

संयुक्त अरब इमिरेट्स अरब मुद्रा कोषद्वारा जारी गरिएको नवीनतम अरब आर्थिक प्रतिस्पर्धा सूचकाङ्कमा शीर्ष स्थानमा पुगेको छ । अरब संसारमा युएईले आर्थिक प्रतिस्पर्धी राष्ट्रको रूपमा सबैभन्दा बलियो स्थिति निर्माण गरेको छ । अरब आर्थिक प्रतिस्पर्धा प्रतिवेदनको सातौं संस्करणमा विशेष जोड दिएको यो विषयले समग्र अर्थव्यवस्था, बढ्दो आकर्षक लगानीको वातावरणसहित महत्वपूर्ण क्षेत्रहरूमा युएईको निरन्तर प्रगतिलाई देखाएको छ ।

प्रतिवेदनले युएईले सरकारी वित्तीय क्षेत्र सूचकाङ्कमा पनि शीर्ष स्थान सुरक्षित गरेको छ । साथै प्रतिवेदनमा सबै उप–सूचकाङ्कहरूमा उन्नत स्थानका कारण आर्थिक स्वतन्त्रता सूचकाङ्कमा पनि युएई लगानीको वातावरण र आकर्षणका हिसाबले अरब राष्ट्रहरूमध्ये पहिलो स्थानमा परेको प्रतिवेदनमा उल्लेख छ ।

युएई पूर्वाधार क्षेत्र सूचकाङ्कमा पनि शीर्ष स्थानमा छ । यसैगरी मोबाइल फोन प्रयोगकर्ता र बिजुलीमा पहुँच भएको जनसंख्याको प्रतिशतमा पनि युएई अग्रस्थानमा छ ।

हवाई यातायात र कुल विश्वव्यापी यातायात र ढुवानीको हिस्सामा भने दोस्रो स्थानमा परेको छ । संस्थागत र सुशासन क्षेत्रहरूको सन्दर्भमा युएई प्रशासनिक भ्रष्टाचार र सरकारी दक्षता दुवै सूचकाङ्कहरूमा उन्नत स्तर हासिल गर्दै अरब देशहरूमध्ये शीर्ष स्थानमा परेको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *