भारतीय नागरिक सवार विमान ‘मानव तस्करी’ को आशङ्कामा फ्रान्समा अवतरण

तीनसय जनाभन्दा बढी भारतीय यात्रुहरू लिएर निकारागुआ जाँदै गरेको विमानलाई ‘मानव तस्करी’ को आशङ्कामा फ्रान्समा अवतरण गरिएको छ ।

पेरिसका अभियोजकहरूले गोप्य सूचनाका आधारमा विमानलाई नियन्त्रणमा लिइएको जनाएका छन् । विमान संयुक्त अरब इमिरेट्सबाट उडेको थियो । यसबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *