दक्षिणी भियतनाममा मङ्की पक्सबाट ६ जनाको मृत्यु

भियतनामको दक्षिणी इलाकामा मङ्की पक्स सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको छ । साथै सङ्क्रमणबाट ११७ बिरामी परेका हो ची मिन्ह शहरको इन्स्टिच्युट पाश्चरले शुक्रबार जानकारी दिएको छ ।

संस्थानले नोभेम्बरदेखि सङ्क्रमणको सङ्ख्या तीव्र रूपमा बढेको जनाएको छ। हो ची मिन्ह शहरस्थित एक अस्पतालका चिकित्सक डा ह्युन थि थ्यु होआले विगत तीन महिनामा अस्पतालमा भर्ना भएका ४९ जनामध्ये ६ जनाको मृत्यु भएको र ४० जना निको भइसकेको जनाकरी दिएका छन् ।

तीन जनाको उपचार भइरहेको पनि उनले जानकारी दिएका छन् ।गत अक्टोबरमा भियतनामा मङ्की पक्स सङ्क्रमणबाट पहिलो मृत्युको घटना दर्ता गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *