नेपालमा पहिलोपटक खेलकुद बीमालेख जारी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपालमै पहिलोपटक खेलकुद बीमालेख जारी गरेको छ। बजेटमा नै खेलाडी तथा प्रशिक्षकहरुको बीमा गरिने उल्लेख भएको थियो ।

अन्तराष्ट्रिय र राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडी तथा प्रशिक्षकहरुको बीमा गर्ने व्यवस्था मिलाउने बजेटमा उल्लेख थियो । त्यस पश्चात बीमा प्राधिकरण यस प्रकारको बीमालेख बनाउन लागि परेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप), बीमा कम्पनीहरु र सरकारवालासँगको लामो छलफलपछि प्राधिकरणले खेलकुद बीमालेख जारी गरेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

बजेटमा बीमाको कुरा उल्लेख भएपछि त्यसको कार्यन्वयन गर्ने काम प्राधिकरणको भएकाले सोहि अनुसार प्राधिकरणले लामो छलफल पछि बीमालेख निर्माण गरि जारी गरेको हो । यस बीमालेखले खेलाडी, रेफ्री, प्रशिक्षक, खेलकुदका व्यवस्थापक र सम्पूर्ण पदाधिकारीहरुलाई निश्चिन्त भएर खेलकुदमा लाग्ने वातावरण निर्माण भएको सदस्य सचिव टंकलाल घिसिङले बताए । यसअघि खेलाडीहरुले स्वास्थ बीमा र दुर्घटना बीमाले काम चलाइरहेको अवस्था रहेको उनको भनाइ छ ।

प्राधिकरणले जारी गरेको खेलकुद बीमालेखमा ५१ वटा खेलका खेलाडी तथा प्रशिक्षण(कोच)ले बीमा गर्न पाउछन् । जहाँ चेस(बुद्धिचाल) देखि क्रिकेट, फुटबल हुदै प्याराग्लाईडिङसम्मको खेलका लागि बीमा गर्न सकिन्छ । ५१ वटा खेललाई पनि जोखिमका आधारमा ३ क्याटोगोरिमा छुट्याइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *