गोलकिपर विशाल श्रेष्ठद्वारा सन्यासको घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक विशाल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबल संन्यासको घोषणा गरेका छन् । नेपाल सुपर लिग(एनएसएल)मा चितवनको कप्तानी गरेका विशालले शुक्रबार बेलुकी सम्पन्न झापासँगको खेललगत्तै संन्यासको घोषणा गरेका हुन् ।

सन् २०११ देखि लगातार टोलीमा रहेपनि विशालले २०२१ मा भारतविरुद्ध राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । अन्तराष्ट्रिय फूटबलबाट सन्यास लिएपनि क्लब फूटबललाई भने निरन्तरता दिने विशालले बताए । एनएसएलको दोस्रो संस्करणको अन्तिम खेलमा विशालको टोली चितवन एफसीले झापा एफसीलाई २-० गोलले पराजित गरेको हो ।

उत्कृष्ट प्रदर्शन गर्दै ‘म्यान अफ दी म्याच’ चुनिएका विशालले अन्जन विष्टको पेनाल्टीपनि बचाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *