कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगिता माघमा

 

काठमाडौँ । नेपाल सितोरियो कराते सङ्घ, जिल्ला प्रमुख डोजो, लगनखेलको आयोजनामा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको आयोजना हुने भएको छ । प्रतियोगिता आगामी माघ १८ गतेदेखि सातदोबाटोस्थित कराते हलमा हुने छ ।

प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोली (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल) गरी १० टोलीका दुई सय १० खेलाडीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । प्रत्येक टोली २१ खेलाडी सहभागी गराउन पाउनेछन् । एकल र टिम कातासहित पुरुषतर्फ नौ र महिलातर्फ आठ स्पर्धामा खेल हुनेछ ।

टिम च्याम्पियनले  एक लाख तथा उपविजेताले  ५० हजार तथा  पुरुष/महिलातर्फ उत्कृष्ट हुने खेलाडीले जनही  २५ हजार पुरस्कार प्राप्त गर्ने छन् । आयोजक र गोदवारी नगरपालिकाबीच चार संस्करण प्रायोजन गर्ने पूर्व सहमति बमोजिम तेस्रो संस्करणका लागि पनि आजै सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

आयोजकका अध्यक्ष श्रेष्ठ र गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार मुख्य प्रायोजक गोदावरी नगरपालिकाले १५ लाख सहयोग गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *