पश्चिम नवलपरासीमा स्रोत नखुलेको ७ लाख रुपैयाँसहित एक युवक पक्राउ

परासी । पश्चिम नवलपरासीमा स्रोत नखुलेको ७ लाख रुपैयाँसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको रामग्राम नगरपालिका–५ मा लु ५९ प ३२३९ नम्बरको मोटरसाइकलमा सवार पाल्हिनन्दन गाउँपालिका–२ का १९ वर्षीय समीर धुनियालाई नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय परासीका डीएसपी रेशम बोहोराका अनुसार धुनियाको साथबाट एक हजार दरको ४ सय थान, ५ सय दरको ६ सय र १ सय दरको ९ वटा नोट बरामद भएको हो । बरामद रकम स्रोत नखुलेपछि आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *