परराष्ट्र सचिवमा लम्सालको बढुवा

काठमाडौँ । परराष्ट्र मन्त्रालयको सचिवमा सेवा लम्सालको बढुवा भएको छ मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले परराष्ट्र मन्त्रालयकी सहसचिव लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सचिवमा बढुवा भएसँगै लम्साल परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव भएकी छन् । यसअघिका परराष्ट्र सचिव भरतराज पौड्याल अवकाशमा गएपछि लम्साललाई सचिवमा बढुवा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *