महेन्द्रनगरमा राजा महेन्द्रको सालिक राख्ने विषयमा विवाद भएपछि स्थानीय प्रशासनद्वारा निषेधाज्ञा जारी

महेन्द्रनगर । राजा महेन्द्रको सालिक राख्ने विषयमा दलहरूबीच विवाद बढेपछि स्थानीय प्रशासनले कञ्चनपुरको महेन्द्रनगर बजारका निषेधाज्ञा जारी गरेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार भण्डारीले बजारका दुई स्थानमा निषेधाज्ञा जारी गरेका हुन् ।

प्रशासनले संविधान चोक र त्यसबाट पूर्व दशरथ चन्दको सालिकसम्मको मुख्य सडक खण्ड क्षेत्र र संविधान चोकबाट पश्चिम मदन भण्डारीको सालिकसम्मको मुख्य सडक खण्ड क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनले अत्यावश्यक सेवालाई निर्वाध सञ्चालन गर्नका लागि जिल्ला सुरक्षा समिति कञ्चनपुरको सिफारिसका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम बिहीबारदेखि आगामी सात दिनका लागि निषेधाज्ञा जारी गरेको जनाएको छ ।

संविधान चोकमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितिमा महेन्द्रको सालिक स्थापना गर्ने तयारी थियो । तर कार्यक्रम सुरु हुनुअघि नै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । यसअघि शहीद भीमदत्त पन्तको सालिक तोडफोड गरेको अभियोगमा राप्रपाका जिल्ला सचिव सहितका १८ जना नेता, कार्यकर्ता पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *