डर्टमण्ड र पीएसजीको बराबरी, बार्सिलोना स्तब्ध

एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा बोरुसिया डर्टमण्ड र पेरिस सेन्ट जर्मन(पीएसजी)ले बराबरी खेल्दा क्याटलान क्लब बार्सिलोना पराजित भएको छ ।बुधबार राति भएको खेलमा डर्टमण्ड र पीएसजीले १-१ गोलको बराबरी खेलेका हुन् ।

सिग्नल इडुना पार्कमा भएको खेलमा डर्टमण्डको लागि करिम एडेयमीले एक गोल गर्दा पीएसजीको लागि वारेन जारे-इम्रीले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५१ औं मिनेटमा फुल्क्रुंगको पासमा करिमले गोल गर्दै डर्टमण्डलाई शुरुवाती अग्रता दिलाएका थिए ।

५६ औं मिनेटमा वारेनले गोल गर्दै पीएसजीलाई १-१ गोलको बराबरीमा ल्याए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल १-१ गोलको बराबरीमा सकिएको हो ।

जितसँगै डर्टमण्ड ६ खेलबाट ११ अंक जोड्दै समूह ‘एफ’को शीर्ष स्थानमा रहेर अन्तिम १६ मा पुग्दा पीएसजीपनि समान खेलबाट ८ अंक जोड्दै दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो ।

गएरातिनै भएको अर्को खेलमा बार्सिलोना रोयल एन्टवेर्पसँग ३-२ गोलले स्तब्ध बनेको हो । घरेलु मैदानमा भएको खेलमा एन्टवेर्पलाई जित दिलाउन अर्थर वेर्मेरिन,विन्सेन्ट जेन्सन र जर्ज इलेनिखेनाले समान एक-एक गोल गरे । बार्सिलोनाको लागि मार्क गुए र फेरान टोरेसले एक-एक गोल फर्काए ।

जितसँगै एन्टवेर्पले प्रतियोगितामा पहिलो जित निकालेको हो । जितका बाबजुत एन्टवेर्प ६ खेलबाट ३ अंक जोड्दै समूह ‘एच’को पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ भने समान खेलबाट १२ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *