नयाँ समझदारी गरेर देशलाई अगाडि लैजानुको विकल्प छैनः अध्यक्ष लिङ्देन

सुदूरपश्चिम । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अब नयाँ सम्झौता र समझदारीबाट देशलाई अगाडि लैजानुको विकल्प नरहेको बताएका छन् ।

राप्रपाद्वारा बुधबार कैलालीको पहलमानपुरमा आयोजित आमसभामा अध्यक्ष लिङ्देनले अहिलेको व्यवस्था र अवस्था बदल्नका लागि पार्टी संवैधानिक राजासहितको प्रजातन्त्रका पक्षमा रहेको बताएका हुन् ।

उनले भने, “राप्रपा पछाडि फर्किने पनि होइन, पहिलेको र अहिलेको व्यवस्थामा जाने पनि होइन, सम्झौता र सहमति गरेर नयाँ व्यवस्थामा जानुपर्छ ।” उनले देशलाई कमजोर अवस्थामा पुर्याएर बेथिति बढाउनमा तीन ठूला दल जिम्मेवार रहेको आरोप लगाए ।

राप्रपाका महामन्त्री धवलशम्शेर राणाले व्यवस्था र नेतृत्व परिवर्तन गरी देशमा परिवर्तन ल्याउन पार्टीले अघि बढाएको आन्दोलनमा सहयोग गर्न आग्रह गरे । आमसभामा सो पार्टीका उपाध्यक्ष राजेन्द्र मिश्र र प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतले पनि बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *