एनएसएलमा वीरगञ्जको पहिलो जित

काठमाडौं । नेपाल सुपर लिग(एनएसएल)मा वीरगञ्ज  युनाइटेड एफसीले पहिलो जित निकालेको छ । बुधबार बेलुकी भएको खेलमा स्पोर्टिङ इलामलाई २-१ गोलले हराउँदै विरगन्जले लिगमा पहिलो जितको अनुभव लिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा वीरगञ्जलाई जित दिलाउन भिसन गुरुङ र विलियम ओपोकुले समान एक-एक गोल गरे । इलामको लागि आशिष चापागाईले एक गोल गरे । खेलको १५ औं मिनेटमा आशिषले गोल गर्दै इलामलाई शुरुवाती अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा भिसनले गोल गर्दै विरगन्जलाई १-१ गोलको बराबरीमा ल्याए ।

यस्तै दोस्रो हाफको इन्जुरी समयमा ओपोकुले पेनाल्टीमा गोल गर्दै विरगन्जलाई जित दिलाएका हुन् । जितसँगै विरगन्जले ५ खेलबाट ५ अंक जोडेको छ । एक खेल बढि खेलेको इलामको ४ अंक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *