गगनजी र मबीच एजेण्डामा कुनै मतभेद छैनः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी महामन्त्रीसँग आफ्नौ कुनै समस्या नरहेको बताएका छन् । बुधबार आफ्नो समूहको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले महामन्त्री गगन थापा र आफूहरुको एजेण्डामा भिन्नता नरहेको बताएका हुन् ।

उनले भने, ‘महामन्त्रीजी र आफ्नो उमेर फरक भएकाले सोचाइमा केही फरकपन हुनसक्छ । तर उहाँ र मबीच एजेण्डामा कुनै पनि मतभेद छैन ।’ कोइरालाले राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवार तय गर्दा मापदण्ड बनाएर गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *