सरकारको कार्यशैली सुधारका लागि उपेन्द्र यादवका ५३ बुँदे सुझाव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारसमक्ष ५३ बुँदे सुझाव पेश गरेका छन् । पार्टी अध्यक्ष उपेन्द्र यादवले सरकारले आफ्नो कार्यशैलीमा गर्नुपर्ने सुधार र जनतालाई परिवर्तनको प्रत्याभूति दिलाउन प्रस्ताव पेश गरेको जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहितको चार दलीय सत्ता गठबन्धनको बैठकले सरकारका तर्फबाट गर्नुपर्ने सुधारका कार्यसम्बन्धी सुझावहरु तयार गर्न जसपा नेपालका अध्यक्ष यादवलाई जिम्मेवारी दिएको थियो ।

यादवले बुझाएको सुझावमा संघीयता कार्यान्वयन सम्बन्धमा आठवटा, संविधान संशोधनसम्बन्धमा एउटा, सामाजिक न्यायको हकसम्बन्धमा चारवटा, निर्वाचन क्षेत्र निर्धारणसम्बन्धमा एउटा, शिक्षासम्बन्धमा सातवटा, स्वास्थ्यसम्बन्धमा तीनवटा, कृषिसम्बन्धमा सातवटा र उद्योगसम्बन्धमा २१ वटा बुँदा समेटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *