पाण्डेयलाई संघीय संसदको कार्यवाहक महासचिवको जिम्मेवारी

काठमाडौं । सभामुख देवराज घिमिरेले पदमप्रसाद पाण्डेयलाई संघीय संसदको कार्यवाहक महासचिवको जिम्मेवारी तोकेका छन् । महासचिव डा. भरतराज गौतमले राजीनामा दिएपछि सभामुख घिमिरेले पाण्डेयलाई कार्यवाहक तोकेको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपतिसमक्ष पाण्डेयलाई नियुक्तिको सिफारिस गरेका थिए । तर राष्ट्रपतिले महासचिव नियुक्त गरेका छैनन् ।

सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ । राष्ट्रपतिबाट महासचिव नियुक्तिमा ढिलाइ भएपछि सभामुखले कार्यवाहक तोकेका हुन् । कार्यवाहक महासचिव तोक्ने अधिकार भने सभामुखलाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *