पाकिस्तानको उच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शरिफको भ्रष्टाचारको सजाय खारेज

पाकिस्तानको उच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज शरिफको स्वनिर्वासनबाट फर्किएपछि दोस्रोपटक भ्रष्टाचारको सजायलाई खारेज गरेको छ । कारागारको सजाय भोगेर र राजनीतिबाट जीवनभरका लागि अयोग्य ठहरिएपछि उनी चार वर्षअघि बेलायतमा उपचार गर्नका लागि मुलुक छाडेका थिए ।

नवाज आगामी फेब्रुअरीमा हुने निर्वाचनमा उनको पाकिस्तान मुस्लिम लिग (नवाज) पिएमएल–एनको नेतृत्व गर्नका लागि अक्टोबरमा पाकिस्तान फर्किएका थिए ।

अपीलको सुनुवाइभन्दा अघि उनलाई भ्रष्टाचारका धेरै मुद्दामा जमानत दिइएको छ । इस्लामाबाद उच्च अदालतको फैसला पुष्टि गर्दै उनका भाइ तथा पूर्वप्रधानमन्त्री शहबाज शरिफले बहालवाला प्रधानमन्त्रीलाई अयोग्य ठहर गर्नका लागि बनाइएको छलका मुद्दाहरू अन्ततः समाप्त हुने बताए । मुद्दा स्टिल कम्पनीहरूमा लगानीसँग सम्बन्धित हो ।

सोही अदालतले गत महिना नवाजलाई उनको परिवारले लन्डनमा महङ्गो फ्ल्याट खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा सफाइ दिएको थियो । यसबाट नवाजको राजनीतिमा फिर्तीको बाटो प्रशस्त भएको छ ।

आफ्नो आम्दानीको केही भागको घोषणा गर्न असफल भएकाले नवाजलाई अन्तिम पटक सन् २०१७ मा सर्वोच्च अदालतले पदबाट हटाउँदै राजनीतिबाट प्रतिबन्ध लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *