डेढ महिनाको उपचारपछि छायाँकनमा फर्किए प्रकाश

काठमाडौं । आइतबार बुढानिलकण्ठमा फिल्म ‘महाजात्रा’ छायाङ्कन हुँदै थियो । छायाँकन स्थलमा चरित्र अभिनेता प्रकाश घिमिरे आउँदा उनलाई अँकमाल गर्दै सबैले नयाँ जीवनको शुभकामना दिए । उनी डेढ महिनाको आराम पछि आईतबारबाट चलचित्र छायाँकनमा फर्किएका हुन् । डेढ महिना अघि पोखराको आफ्नो गाउँमा घाँस काट्ने क्रममा भीरबाट खसेर उनी सख्त घाइते भएका थिए ।

यो चलचित्रका निर्माता म्याक्स दीपेश खत्रीले भने,‘ प्रकाश दाईलाई आज छायाङ्कनस्थलमा भेट्न पाउँदै हामी सबैको मुहारमा खुसी छाएको छ । उहाँ स्वास्थ्यलाभ गरेर फर्किनु हुन्छ भन्नेमा हामी विश्वस्त थियौँ र फर्कनु पनि भयो ।’

कलाकारको जिज्ञासामा चरित्र अभिनेता घिमिरेले भने,‘केही समयको विश्रामपछि काममा फर्किएको छु । चिकित्सकको सल्लाह अनुसार नै आराम र काम गरिरहेको छु ।’ अब बिस्तारै चलचित्रको छायाँकन लगायतका गतिविधिलाई निरन्तता दिने पनि उनले बताए । यो चलचित्रमा अब कलाकार प्रकाश घिमिरेको भूमिका खिच्न बाँकी छ । जात्रा सृँखलाको यो तेश्रो फिल्म हो । ‘जात्रा’ शृङ्खलादेखि नै अभिनेत्री वर्षा राउतको पिताको भूमिकामा कलाकार प्रकाश प्रस्तुत हुँदै आएका छन् । आफ्नो चरित्र निर्वाह गर्दै उनले भने,‘छायाङ्कनमा फर्किन पाउँदा खुसी लागेको छ । यस्तो सँग दुर्घटनामा परेँकी यो अबस्थामा आउन सकुँला जस्तो लागेको पनि थिएन ।’

आईतबारको सेटमा हरिवंश आचार्यसँग प्रकाश घिमिरेले काम गरे । जात्राको यही सृँखलाबाट हरिबँश कलाकारको रुपमा जोडिएका हुन् । निर्देशक प्रदीप भट्टराईले पनि आचार्य र घिमिरेको एकसाथ अभिनय गराउन पाउँदा खुसी लागेको बताए । ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक सफलता पश्चात षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङ्खलामने रुपमा महाजात्रा निर्माण गरिएको पनि निर्देशक भट्टराईले जानकारी गराए,‘अब प्रकाश दाईको छायाँकन काठमाडौंमा सकेर उहाँलाई घर पठाउँछौं र बाँकी छायाँकनको लागि हामी तराई जाने छौं ।’

उनका अनुसार यो चलचित्रमा हरिवंश र प्रकाश घिमिरेसँगै विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको मुख्य भूमिका रहेको छ । आगामी ९ चैतमा महाजात्रालाई नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुने पनि उनले बताए । राजधानी दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *