एनएसएलमा झापाको पहिलो जित

काठमाडौं । नेपाल सुपर लिग(एनएसएल)मा झापा एफसीले पहिलो जित निकालेको छ । मंगलबार बेलुकी भएको खेलमा झापाले बुटवल लुम्बिनी एफसीलाई १-० गोलले पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा झापालाई जित दिलाउन जोर्गे सान्चेजले एक गोल गरे । पहिलो हाफको ३९ औं मिनेटमा अन्जन विष्टको पासमा सान्चेजले गरेको गोलनै झापालाई जित दिलाउन पर्याप्त बन्यो ।

जितसँगै झापाले ५ खेलबाट ६ अंक जोडेको छ । एक खेल बढी खेलेको बुटवलको ७ अंक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *