नेप्सेमा ३६ अंकको बृद्धि

काठमाडौं । शेयर बजार नेप्से मंगलबार उच्च अंकले बढेको छ । सोमबार १५ अङ्कले घटेको नेप्से मंगलार ३६ दशमलव ८६ अङ्कले बढेर १ हजार ९ सय ८५ दशमलव ४४ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, हाइड्रोपावर, विकास बैंक, व्यापार, माइक्रोफाइनान्स, फाइनान्स समूहको शेयर उच्च अङ्ले उकालो लागेको छ । आज बोटलर्स नेपाल, धौलागिरि लघुवित्त, नेपाल रिपब्लिक मिडिया, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढेको दिन आज सीवाईसी नेपाल लघुवित्तको शेयर ५ प्रतिशतभन्दा धेरैले घटेको छ । आज १ करोड २४ लाख कित्ता शेयर ४ अर्ब ३० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १८ करोड रुपैयाँको शेयर किनबेच भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *