बुद्धका सिद्धान्त, विचार र दर्शनहरु कहिल्यै पुराना हुँदैनन्ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताएका छन् । मंगलबार गौतम बुद्धको अस्तुधातु रहेको पश्चिम नवलपरासीस्थित रामग्राम स्तुपमा शान्ति दीप प्रज्ज्वलन तथा गुरुयोजना सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बुद्धका सिद्धान्त, विचार र दर्शनहरु कहिल्यै पुराना नहुने बताएका हुन् ।

उनले भने, ‘मानवजाति रहेसम्म बुद्धका शिक्षाको औचित्य, आवश्यकता र महत्व झन् दिन प्रतिदिन बढ्दै गएको छ । आजको विश्वमा शान्तिको महत्व अझ बढ्न गएको छ ।’ प्रधानमन्त्रीले विश्व समुदायलाई रामग्रामबाट विश्व शान्तिका निम्ति अपील समेत गरेका छन् ।

कोप २८ मा देशमा जलवायु परिवर्तनका कारण नागरिकले खेपेका बाढी पहिरोलगायतका प्राकृतिक प्रकोपको बारेमा विश्वको ध्यान खिच्न आफू सफल भएको प्रधानमन्त्रीले बताए ।

उनले भने, ‘मैले राष्ट्र संघका महासचिवलाई नेपालमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्न निमन्त्रण दिएको थिएँ । उहाँको आगमनले नेपालको शान्तिको कामना र जलवायु परिवर्तनको असरबाट नेपाल र नेपाली जनताको रक्षाका निम्ति एउटा नयाँ प्रतिवद्धता प्रस्तुत भयो । देशमा जलवायु परिवर्तनका कारण नागरिकले खेपेका बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपको बारेमा विश्वको ध्यान खिच्न आफू सफल भएका छौं । कोप–२८ सम्म पुग्दा संसारले नेपालका हिमाल र पहाडको संरक्षणका लागि अगाडि आउनुपर्छ भन्ने अर्को प्रतिवद्धता व्यक्त भएको र उक्त कुराले नयाँ जलवायु परिवर्तनमा नेपालले खेपेका समस्या समाधानका लागि नयाँ वातावरण तयार भएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *