हिमालय एयरलाइन्सद्वारा काठमाडौं–चोङकिङ उडान सुरु

काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं–चोङकिङ–काठमाडौं उडान सुरू गरेको छ । लामो समयदेखि प्रतीक्षामा रहेको उडान १२ डिसेम्बरदेखि सुरू गरिएको एयरलाइन्सले जनाएको छ ।

मंगलबार एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडान बिहान १०ः०७ मा गरेको थियो। विमानले चोङ्किङ्को जियाङ्गबेइ अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँको स्थानीय समयअनुसार दिउँसो १५ः५० बजे उडान अवतरण गर्नेछ उडान अवधि ३ घण्टा १४ मिनेट रहनेछ। पहिलो उडानमा एक सय २५ यात्रु छन्।

चोङकिङबाट त्यहाँको स्थानीय समयअनुसार अपराह्न ४ः२५ बजे काठमाडौंका लागि उडान भर्नेछ । काठमाडौं–चोङकिङ–काठमाडौं रुटले यात्रुहरूलाई नेपालको राजधानी र चीनको व्यस्त सहरको बीचमा सहज यात्राको विकल्प मिल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *