यू–१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित, नेपाल प्रतियोगिताबाटै बाहिरियो

काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटको फराकिलो अन्तरले पराजित भएको छ। नेपालले दिएको ५३ रनको झिनो लक्ष्य भारतले ७.१ ओभरमा पूरा गरेको हो । भारतका लागि अरसिन कुलकर्नीले ३७ र आदर्श सिंहले १३ रन बनाएका छन्। कुलकर्नीले २९ बल खेल्दै ५ छक्का र १ चौका प्रहार गरेका थिए ।

दुबईको आईसीसीए २ मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २२ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ५२ रन बनाएको हो। नेपालका लागि कुनै पनि ब्याट्सम्यानले दोहोर अंकमा रन जोड्न सकेनन्। नेपालका लागि हेमन्त धामीले सर्वाधिक ८ रन बनाएका थिए ।

हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । अंक तालिकाको पुछारमा रहेको नेपालको रन रेट समेत ऋणात्मक छ । जितसँगै भारत समूह ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ । तीन खेलमा दुईमा जित र एकमा हार व्यहोरेको भारतको ४ अंक छ । त्यस्तै पाकिस्तान दोस्रो र बङ्लादेश तेस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *