एसीसी यु-१९ एसिया कप क्रिकेटमा नेपाल ५२ रनमा अलआउट

काठमाडौं । एसीसी यु-१९ एसिया कप क्रिकेटमा भारतसँगको खेलमा नेपालले ५२ रन बनाएको छ । मंगलबार दुबईको आईसीसी एकेडेमी ओभल–२ मा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल २२ ओभर १ बलमा ५२ रनमा अलआउट भयो ।

नेपालका हेमन्त धामीले सर्वाधिक ८ रन बनाए । यस्तै अर्जुन कुमाल र दिपक बोहरा समान ७, गुल्शन झा र दिपेश कँडेल समान ४, कप्तान देव खनाल र सुवाश भण्डारी समान २, दीपक बोहरा १ तथा उत्तम मगर र दीपक डुम्रे शून्य रनमा आउट भए । यस्तै आकाश चन्द ४ रनमा नट आउट रहे । नेपालले १३ रन अतिरिक्त पाएको थियो ।

बलिङतर्फ भारतका राज लिम्बानीले ७ विकेट लिए । उनले ९ ओभर १ बलमा ३ मेडनसहित मात्र १३ रन दिए । यस्तै आराध्य शुक्लाले २ आर्शिन कुलकर्णीले १ विकेट लिए । प्रतियोगितामा नेपाल जितविहीन छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *