राष्ट्रपति सी भियतनामको राजकीय भ्रमणमा

चीनका राष्ट्रपति सी चिनफिङ राजकीय भ्रमणका सिलसिलामा मंगलबार भियतनाम आइपुगेका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिनफिङलाई भियतनामले मङ्गलबार रातो कार्पेट ओछ्याएर न्यानो स्वागत गरेको छ ।

द्विपक्षीय सम्बन्ध र सहयोग विस्तार गर्ने उद्देश्यले उहाँको राजकीय भ्रमण आयोजना गरिएको बताइएको छ । दुई दिने भ्रमणका क्रममा दुवै पक्षले चीन–भियतनाम सम्बन्धको स्तरोन्नति गर्ने र दुई देशबीचको व्यापक रणनीतिक सहयोगलाई अझ गहिरो र ठोस बनाउन बारे छलफल गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *