कोप २८ मस्यौदा सम्झौतामा जीवाश्म इन्धन उत्पादन र खपतलाई कम गर्न आह्वान

संयुक्त राष्ट्रसङ्घीय अमिराती अध्यक्षले प्रस्ताव गरेको जलवायु सम्झौताको नयाँ मस्यौदामा जीवाश्म इन्धनको उत्पादन र खपतलाई कम गर्न आह्वान गरिएको छ ।

यद्यपि सम्झौतामा अहिले ‘चरणबद्ध अन्त्य’ को उल्लेख गरिएको छैन । कोप २८ का अध्यक्ष एवं संयुक्त अरब इमिरेट्स (युएई) को राष्ट्रिय तेल कम्पनीका प्रमुख सुल्तान अल जाबेरको नेतृत्वमा तयार पारिएको मस्यौदा सम्झौताको पाठ दुबईमा वार्षिक जलवायु सम्मेलनको अन्तिम दिनको पूर्वसन्ध्यामा जारी गरिएको थियो ।

मस्यौदामा ‘विज्ञानलाई ध्यानमा राख्दै सन् २०५० अघि वा वरपर शुद्ध शून्य हासिल गर्न सकियोस् भन्ने हिसाबले उचित, व्यवस्थित र न्यायसङ्गत तरिकाले जीवाश्म इन्धनको खपत र उत्पादनलाई कम गर्न आह्वान गरिएको छ ।’ शुक्रबार यसअघिको मस्यौदामा ‘चरणबद्ध अन्त्य’ शब्द समावेश थियो । उक्त शब्दमा जलवायु अभियानकर्ता, तल्लो टापुका राज्य र युरोपेली युनियनले जोड दिइरहेका थिए ।

साउदी अरब, इराक र ओपेक तेल गठबन्धनका प्रमुखले कोप २८ को कुनै पनि सम्झौतामा जीवाश्म इन्धनलाई लक्षित गर्ने भाषाको विरोध गरेका छन् ।

यसैबीच जलवायु परिवर्तनबाट लोप हुने डर भएका साना टापुहरूको समूहले दुबईमा जलवायु वार्तामा नयाँ मस्यौदा सम्झौताको निन्दा गर्दै उनीहरूको चासोहरूलाई बेवास्ता गरिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *