ध्रुबे हात्तीको काटियो दाह्रा, रेडियोकलर जडान

चितवन । समयसमयमा पर्सा र चितवनका बस्तीमा पसेर वितण्डा मच्याउँदै आएको जगंली हात्ती ‘ध्रुबे ’लाई रेडियोकलर जडान गरी दाह्रा काटिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जले हात्तीलाई सोमबार दिउँसो निकुञ्जको सुखिभार क्षेत्रको घासे मैदानमा डार्ट गरेर रेडियोकलर जडान गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले दिएको जानकारीअनुसार हात्तीको घाँटीमा रेडियोकलर जडान गरिएको छ ।

रेडियोकलर जडान गरेसँगै हात्तीको निगरानी निकुञ्जले गर्न सजिलो हुने उनले बताए। तिवारीले भने, ‘अब हात्तीको अवस्थाबारे जानकारी लिन सहज हुने छ’, ‘रेडियोकलर जडान गरिसकेपछि हात्ती समुदाय प्रवेश गर्न लागेको खण्डमा जानकारी गराउन सहज हुने छ भने दाह्रा काटेसँगै हात्तीले गर्ने क्षतिमा पनि कमी आउने छ ।’

विगत केही वर्षयता शान्त रहेको ध्रुवे तिहारको समययता बस्तीमा पस्न थालेपछि निकुञ्जले त्यसलाई डार्ट गरी रेडियोकलर जडान गरेको हो । रेडियो कलर जडानका लागि निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोली र पाँचवटा पालुवाहात्ती परिचालन गरिएको थियो ।

ध्रुवे हात्तीले बस्तीमा पसेर घर भत्काउने, भण्डारण गरिएको खाद्यान्न खाइदिनुका साथै नष्ट गर्नेजस्ता उप्रदो गर्दै आएको तिवारीले बताए । ध्रुबेले विगतमा मानवीय क्षति समेत पुर्याएको थियो । यो हात्तीले अहिले सम्म २० जना भन्दा बढी मानिसको ज्यान लिइसकेको निकुञ्जले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *