एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आर्सनल पराजित भएको छ । शनिबार राति भएको खेलमा आर्सनल एस्टन भिल्लासँग १-० गोलले पराजित भएको हो ।
भिल्ला पार्कमा भएको खेलमा घरेलु टोलीलाई जीत दिलाउन पहिलो हाफको शुरुवातमै जोन मेकगिनले गरेको गोलनै पर्याप्त बन्यो । खेलमा आर्सनलले गोलको लागि थुप्रै अवसर सिर्जना गरेपनि भिल्लाका गोलरक्षक इमिलिआनो मार्टिनज बाधक बनेका थिए ।
जितसँगै आर्सनल १६ खेलबाट ३५ अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट ३६ अंक जोडेको आर्सनल दोस्रो स्थानमा यथावत छ ।