एनसेलको शेयर खरिद–बिक्रीका विषयमा सरकारले छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष

काठमाडौं । सत्ता गठबन्धनको बैठकले एनसेल खरिद–बिक्रीका विषयमा सरकारले गम्भीर अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो सरकारले यस प्रकरणको गम्भीर ढंगले छानबिन गर्नुपर्न निष्कर्ष निकालेको हो ।

एनसेलको खरिद–बिक्री नेपालको कानुन अनुकुल नरहेको र शंकास्पद देखिएको बैठकमा नेताहरुले बताएका थिए । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले नै एनसेलको खरिद–बिक्री प्रचलित कानुन बमोजिम नभएको भनेको र त्यसमा सबैले समर्थन जनाएको बताए ।

एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर मलेसियन कम्पनी आजियाटाले गत शुक्रबार पाँच करोड डलर अर्थात् ६ अर्ब ६० करोड रुपैयाँमा एनसेलकै स्थानीय साझेदार सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेपछि नेपाली राजनीतिमा यसको चासो बढेको छ ।

एक खर्ब ६४ अर्बमा आजियटाले किनेको एनसेल करिब ६ अर्ब ६० करोड रुपैयाँमा बिक्री गरेपछि यसमा नेपाली राजनीतिमा चासो बढेको हो । संसदको लेखा समितिले एनसेलको सेयर बिक्रीबारे सार्वजनिक लेखा समितिले चासो व्यक्त गरी आइतबार सरकारी निकायसँग ९ विषयमा जवाफ माग्दै प्रश्न पठाएको छ । त्यस्तै दलका नेताहरुले पनि यसको गम्भीर ढंगले छानबिनको माग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *