ललितपुर र वीरगन्जको बराबरी

काठमाण्डाै । नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी र वीरगञ्ज युनाइटेडले बराबरी खेलेका छन् । मंगलबार बेलुकी भएको खेलमा ललितपुर र वीरगन्जले २-२ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएकाे खेलमा  ललितपुरको लागि इमोह इजिकिएल र निखिल सुरेशरावले समान एक-एक गोल गरे । यस्तै  वीरगन्जको लागि विलियम ओपाेकु र कृप कान्त महताेले समान एक-एक गोल गरे । खेलको दसौं मिनेटमा विलियमले गोल गर्दै वीरगन्जलाई शुरुवाती अग्रता दिलाएका थिए ।

१४ औं मिनेटमा इमोहले गोल गर्दै ललितपुरलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । २८ औं मिनेटमा निखिल सुरेशरावले गाेल गर्दै पहिलो हाफमा ललितपुरलाई २-१ गोलको अग्रता दिलाए । ५२ औं मिनेटमा कृप कान्त महताेले गोल गर्दै वीरगन्जलाई २-२ गोलको बराबरीमा ल्याए ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल २-२ गोलको बराबरीमा सकिएको हो । बराबरीसँगै वीरञ्जले एनएसलमा पहिलाे अङ्क जाेडेकाे छ । शुरुका २ खेल हारेकाे वीरगञ्जले ललितपुरसँग अङ्क बाडेको हो । वीरगञ्ज अङ्क तालिकाकाे पुछारमा छ । याे बराबरीसँगै ललितपुरले शीर्ष स्थानमा उक्लिने माैका गुमाएकाे छ । ललितपुर ४ खेलमा ६ अङ्कसहित दाेस्राे स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *